FINYE- USA द्वारा आयोजित कार्यक्रममा टेक्सासमा गोल्डस्टार जुत्ताको अमेरिकी बजारमा प्रवेश
गोल्डस्टार जुत्ता हालै अमेरिकाको टेक्सासमा नेपाली समुदायलाई प्रस्तुत गरिएको छ। यस कार्यक्रमको आयोजना (FINYE- USA) अन्तरार्ष्ट्रिय नेपाली उध्यमी महासंघ अमेरिकाले गरेको हो। महासंघका उपाध्यक्ष प्रकाश थापाले गोल्डस्टारको अमेरिकी बजारमा प्रवेशलाई उत्साहजनक मान्दै यसलाई नेपाली उध्यमीहरूको प्रेरणाका रूपमा हर्षित व्यक्त गरे। महासंघका अध्यक्ष रमेश एम के पौडेलले गोल्डस्टारलाई धन्यवाद दिँदै बजार विस्तारमा सहयोगको प्रतिबद्धता जनाए। साथै अन्तरार्ष्ट्रिय नेपाली उध्यमी महासंघ अमेरिकाका कार्यकारी सदस्य ओजेश उप्रेतीले गोल्डस्टार जुत्ताको अमेरिकी बजारमा प्रवेशलाई समर्थन गर्दै नेपाली उध्यमीहरूको प्रयासलाई सराहना गरे गोल्डस्टार जुत्ता अब अमेरिकी बजारमा उपलब्ध छ, जसले उच्च गुणस्तर र टिकाउपनको लागि ख्याति प्राप्त गरेको छ।
अधिक जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।